अपांग अभियन्ता पौडेलको पर्यटनमा अपांगताको पहुँच नामक वृत्तचित्र थाइल्याण्डमा प्रदर्शन

अपांग अभियन्ता पौडेलको पर्यटनमा अपांगताको पहुँच नामक वृत्तचित्र थाइल्याण्डमा प्रदर्शन

अपांगहरुको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका सामाजिक अभियन्ता निलकण्ठ पौडेलको पर्यटनमा अपांगताको पहुँच नामक वृत्तचित्र थाइल्याण्डमा प्रदर्शन गरिएको छ ।

आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा पर्यटनमा अपांगताको पहुँच नामक कार्यक्रम गरि उक्त वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

अपांगता भएका ब्यक्तिहरुको साझा मुद्दालाई विश्वस्तरसम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम एनआरएन थाइल्याण्डका संरक्षक समाजसेवी डेभिड खनालको बिशेष पहलमा सम्पन्न भएको छ ।


कार्यक्रममा अब विश्वले चिन्नेछ नेपाल भन्ने नारासहित अपांगहरुको पहिचानलाई विश्वस्तरसम्म चिनाउने निलकण्ठ पौडेलको सामाजिक अभियानका बारेमा थाइल्याण्डमा रहेका नेपालीहरुलाई जानकारी गराईएको थियो । थाइल्याण्डको सुकुम्भित ८१ सिरफोर्टको त्रिनाथ थाई नेपाली समाजको मन्दिर हलमा भएको कार्यक्रममा थाइल्याण्डमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेका थियो ।

थाइल्याण्डका लागि नेपाली राजदूत डा.खगनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा.अधिकारीले पर्यटनमा अपांगताको पहुँच बढाउँनका लागि यस्ता किसिमका कार्यक्रमहरु विश्वस्तरसम्म लैजान आवश्यक रहेको बताउनु भयो ।


अपांगता भएका ब्यक्तिहरुको साझा मुद्दालाई विश्वस्तरसम्म पुर्याउन उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा एनआरएन थाइल्याण्डका वरिष्ठ उपााध्यक्ष भविन्द्र बस्नेत, थाइ नेपाली समाजका अध्यक्ष कुमार कार्की, त्रिनाथ थाई नेपाली समाज त्रिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष लक्ष्मण केसी, थाई नेपाली संघ बैंकका शाखा अध्यक्ष गोपाल लामा, थाई नपाली संघ केन्द्रिय सह सचिव दीपक पराजुली, संस्कृत स्नातक सेवा मण्डलीका अध्यक्ष पण्डित केशव आचार्य, थाइ नेपाली राजदुतावासका उपनियोग प्रमुख जंग बहादुर गुरुड्को विशेष सहयोगमा रहेका थियो ।

सामान्य मानिस सरह हिड्न नसकेपनि निलकण्ठ पौडेल अहिले अपांगता भएका अन्य मानिसहरुका सामु उदाहरणीय पात्र बन्दै अशक्त र अपांगता भएका मानिसहरुको सहयोग गर्ने कार्यहरुमा सधै लागिरहनु भएको छ ।