शरिर होईन शोचले विकास गर्न सकिन्छ : निलकण्ठ

शरिर होईन शोचले विकास गर्न सकिन्छ : निलकण्ठ

जीवनका धेरै आरोह अवरोह भोगेका निलकण्ठ पौडेल अपांगको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा क्रियाशील रहे । अरूको नजरले जे सोचे देखे पनि आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले  ‘सपनामा पनि अपांग देख्न छोडिसकेँ । अहिले उनलाई एउटै चिन्ताले सताएको छ जुन हो, अपांगहरूलाई पनि अरू सरह सक्षम र  अगाडि बढाउने ।

राजनीतिक दलले ‘युज एन्ड थ्रोु गरेको तीतो अनुभव छ चुनावको समयमा घरैबाट उठाएर जुस खुवाउँदै लैजान्थे, भोट खसालेपछि लगेकै ठाउँमा छोडेर भाग्ने गरेको । अपांग भएका व्यक्तिहरूले पनि अरूका लागि सोच्न र गर्न सक्छन् भन्ने सन्देश राजनीतिबाटै दिन चाहेका पौडेलले अपांगमैत्री ‘आम नेपाली पार्टी स्थापना गर्नुपरेको बताए ।


पार्टीले २० जिल्लामा शाखा विस्तार गरिसकेको छ र पनि निर्वाचन आयोगले उनीहरूलाई स्वीकृति दिएन । त्यसैले निलकण्ठ चन्द्रागिरि नगरपालिकाबाट स्वतन्त्र उम्मेदवार भएर उठ्दैछन् । उनी भन्छन् ‘यो मुलुक अपांगहरूको पनि हो । विकास निर्माणका काममा बालबालिका, महिला र अपांगहरूलाई सँगै नलगेसम्म दिगो विकास हुन सक्दैन ।

 बाटोमा निर्धक्कसँग सेतो छडी लिएर हिँड्ने अनि ह्विलचियर लिएर आरामले हिँड्ने संरचनाको परिकल्पनामा छन् ।

नेपालमा राष्ट्रिय अपांगता कोष स्थापनाको योजनामा पौडेल छन् ।  राज्यका हरेक निकायमा अपांगता भएकालाई राजनीतिक अधिकार दिन संविधानले नै ग्यारेन्टी गरे पनि राज्यले आफ्नो सहभागिता नस्वीकारेको उनको गुनासोे छ ।

दिगो विकासका लागि स्थानीय निकायको चुनावमा अपांगहरूलाई अवसर दिनुपर्ने उनको माग छ ।  २०६४ सालमा डिग्री पढ्न शंकरदेव क्याम्पसमा आएका पौडेलले न्यु होराइजन कलेज बुटवलबाट स्नातक तह सकाएका हुन् । प्राथमिक तहसम्म अध्ययन गर्दा उनलाई दिदीहरूले बोकेर स्कुल लैजान्थे । उनी स्कुलमा सधै प्रथम हुन्थे । उनले करिब १५ वर्ष अपांगता क्षेत्रमा काम गरिसकेका छन् ।

यस्ता छन पौडेलको घोषणापत्रमा चन्द्रागिरी नगरपालिकालाई समृद्ध बनाउने योजनाहरु

–नगर भित्रका ६५ ईटा कारखाना र अन्य प्रदूषण निकाल्ने कारखाना उपत्यका वाहिर सारिने छ ।

–मातातिर्थको पानीको मुहान सुरक्षित गर्न नजिकका घरहरू विस्थापित गरी वृक्षारोपण गरिनेछ ।

–नेवार समुदायको सात गाउँले जात्रालाई बजेट बृद्धि गरिनेछ ।

–सडक, पानी, लगायतको सुविधा घर–घरमा पुर्याइनेछ ।

–नगर कर बृद्धि गरिनेछ ।

–एक घर एक रूख, १० घर एक खुला क्षेत्र बनाइने छ ।

लगायत ६० बुँदा रहेको पौडेलले बताएका छन् । पौडेलको चुनाव चिह्न ह्वील चियर रहेको छ ।