जापानमा नेपाली डकुमेन्ट्री प्रदर्शन

जापानमा नेपाली डकुमेन्ट्री प्रदर्शन

 गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा यही मे १७ तारिखमा दुई नेपाली डकुमेन्ट्री प्रदर्शन गरिएको   छ । जापानको टोकियोस्थित सोलमारी मुरा हलमा नेपाल अपाङ्ग महासंघका शारीरिक अपाङ्गता विभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जीवन संघर्ष र पर्यटकीय क्षेत्र तथा नेपालको विविधता समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको विश्व सन्देश अनलाइनले जनाएको छ ।

एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार अपाङ्गता सम्बन्धी सामाजिक दायित्व र जनचेतना अभिवृद्धि गर्ने साथै नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रदर्शन गरिएको हो । कार्यक्रममा नेपाल अपाङ्ग महासंघका अध्यक्ष निलकण्ठ पौडेल, गणेश प्रसाद पाण्डे, सिद्ध बहादुर बानियाँ क्षेत्री र हर्क बहादुर तामाङको सहभागीता थियो । साथै डकुमेन्ट्री प्रदर्शन सम्पन्न गरेपछि अन्तरक्रियासमेत आयोजना गरिएको महासचिव घिमिरेले जानकारी गराए ।